मंसिर १० गते । गेष्टहाउसमा जबरजस्ती वेश्यावृती गराई रहेको आरोपमा सप्तरी प्रहरीले गेष्टहाउका सञ्चालक र म्यानेजरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन्।
उक्त गेष्ट हाउसमा वेश्यावृत्ति भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती वेश्यावृती गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

















Discussion about this post