कार्तिक २३ गते । महोत्तरीबाट गत मंगलबारदेखि एकैसाथ बेपत्ता भएका पाँच जना किशोरी आज केहीबेर अघि धनुषाको ढल्केवरमा फेला परेका छन् ।मंगलबारदेखि महोत्तरीको औरही गाउँबाट पाँचजना किशोरी बेपता भएका थिए।
बाहिर जान लागेको बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको छ । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।
गत मंगलबार बिहान ११ बजेदेखि महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका थिए ।

















Discussion about this post