काठमाडौं/कार्तिक १८ गते । नेपाल टी-२० विश्वकपका लागि छनोट भएको छ । निर्णायक खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको हो ।नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो।
जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ले २ विकेट गुमाउँदै पूरा गर्यो।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो। काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ।
मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे।
पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए। ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १र१ विकेट लिए।

















Discussion about this post