महोत्तरी/कार्तिक १० गते। महोत्तरी प्रहरीले एक युवकको हत्या आरोपमा दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र साहरघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद हुँदा भारत बिहार मधुबनि जयनगर घर भएको वर्ष १९ का दीपक मलिक र मधुबनि साहारघाट बसबरिया घर भएका वर्ष १८ का अमित मलिकले छुरा प्रहार गरी पासवानको हत्या गरेको डीएसपी गिरीले बताए ।

उनको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको डीएसपी गिरीले जानकारी दिए । उनका अनुसार मृतक पासवानलाई दुईजना मिलेर अमित मल्लिकले पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गरी निर्मम रूपमा हत्या गरेका थिए ।
प्रहरीले मृतक पासवनको हत्यामा प्रयोग भएको छुरा र सो बखत लगाएको लुगासमेत रगताम्य अवस्थामै प्रहरीले बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरु नेपालस्थित स्थानीय मामा सुरेश मलिकको घरमा बस्दै आएका दुबै जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्दा उक्त घटनामा उनीहरुको संलग्न रहेको खुल्न आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । छुरा उनीहरूकै सानीआमाकै घर पछाडिबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए।

















Discussion about this post