जनकपुरधाम/कार्तिक ९ गते। बिहिवार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा मृत फेला परेका युवकको परिचय खुलेको छ ।
युवक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् ।
युवकको टाउको, मुख रकताम्य अवस्थामा मृत फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रादेशिक अस्पताल जनकपुरमा युवकको शव पोस्टमार्टमका लागि राखिएको छ । साे घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

















Discussion about this post