जनकपुरधाम/कार्तिक ९ गते। जनकपुरमा धान खेतमा एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज (बिहीवार) बिहान फेला परेको हो ।
मृतक युवकको सनाखत हुन नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको छ । घटनाको थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली खटाउने तयारी भइरहेको उनले बताए ।
हत्या घटना राति नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

















Discussion about this post