जनकपुरधाम/असोज २५ गते । धनुषामा एक १५ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छिन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरमा बालिका गत शनिबार बलात्कृत भएकी हुन् ।
असोज २० गते शनिवार करिब ५ वजे तिर खेतमा घाँस काटन गएको वेला एक्लो देखर उँखुवारीमा लगी बलात्कार गरेको बालिकाले आरोप लगाएकी छिन ।बालिका नातामा भान्जी पर्ने सोही वडा वस्ने छिमेकी वर्ष २५ का इस्वर राज नाम गरेको भरत महतोबाट बलात्कृत भएकी हुन ।शनिवार आफनो खेतमा घाँस काटिरहेकी बालिकालाई बाख्रा चराउन गएको भरत महतोले बालिकालाई एक्लै देखेपछि घरमा बाख्रा बाँधेर पुनः घाँस काटिरहेकी बालिकालाई पछाडीबाट आँखा छोपी हाथखुट्टा बाँधेर उँखुवारीमा लगी बलात्कार गरेको बालिकाले आरोप लगाईन ।बालिकाका अनुसार आफ्नो आँखा खोलेपछि आफ्नै छिमेकी मामा पर्ने भरत महतो रहेको देखेकी थिइन् ।
बलात्कार पश्चात् महतोले आफूलाई लुगा र चप्पल किनिदिने लोभ देखाएको उनले बताइन् । पीडित बालिकाको रुँदै घरमा आफ्नो दाइलाई घटनाबारे जनकारी गराएकी थिइन । यता, पीडित वालिकाको दाजुले भरतलाई समातेर प्रहरीकोमा बुझाउन खोज्दा आरोपितका मामाहरूले गाउँमै घटना मिलाउन दबाब दिएको बताए । साथै, आफूलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरू व्यक्तिहरूबाट पनि दबाब आएको बताए ।
बलात्कार आरोपमा जाहेरी दर्ता भैसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । उनले जाहेरी दर्ता भएर पक्राउ पुर्जी लिने काम अघि बढेको जानकारी दिए ।
उनले आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरेपश्चात् मात्रै घटनाको विषयमा थप भन्न सकिने बताए ।

















Discussion about this post