असोज १७ गते। धर्मगुरु आयार्य श्री निवासलाई प्रहरीले पक्राउ गरेको बिरोधमा जनकपुरधामका साधुसन्तहरुले उनको रिहाईको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि साधुहरुको संस्था श्री रामानन्दिय बैष्णव संघले विहिवार दिउँसो तिन बजे विरोध र्याली र सभाको आयोजना गर्ने घोषणा गरेको छ भने साधु श्रीनिवासलाई यथासिघ्र बिना सर्त रिहा गर्न नभए जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी संघका अध्यक्ष जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले बताएका छन् ।
दासले माता सरह पुज्य तथा जिवनको पालन पोषणमा पनि जन्मदिने आमा सरहनै अमृत दुद्य प्रदान गर्ने गौ माताको हत्या विरुद्व आफुहरु कुनै पनि हद सम्म जान सक्ने चेतावनी दिएका छन् । उनले आचार्य श्रीनिवासले आमाको हत्या विरुद्व खुकुरी मात्र देखाएको कसैको हत्या नगरेको बताउदै तुरन्त रिहा गर्न मांग गरे ।
विहिवार तिन बजे बाह्रबिघ्घा रंगभुमि मैदान अगाडिको तुलसी स्मारक मन्दिरबाट विरोध रयाली निकालिने जनाइएको छ । उनीहरुले श्रीनिवासको रिहाईका लागि नारावाजी समेत गरेका छन् । सो अवसरमा जनकपुरधामका विभिन्न मठ मन्दिरका साधुसन्त, महन्तहरु सहित हिन्दु युवा अभियानी विभिन्न दलका युवाहरुको समेत उपस्थिती थियो ।
श्रीनिवास आचार्यले गौहत्या गर्नेहरुलाई चर्को अभिव्यक्ति दिँदै आत्मरक्षा स्वरुप खुकुरी देखाएर गौहत्या प्रति टिप्पनी मात्र दिएको भन्दै महन्थ दासले गौहत्या गर्नेलाई हाम्रो देशमा केही नगर्ने तर गौरक्षा प्रति टिप्पनी मात्र गर्नेलाई पक्राउ गर्ने प्रति घोर भत्र्सना एव निन्दा गरे ।
असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले उनलाई मंगलवार साँझ सुनसरीबाट पक्राउ गरी आज उनलाई जनकपुरधाम ल्याउन लागेको छ ।

















Discussion about this post