असोज ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलमा आयोजित राष्ट्रपति रामचन्द्र पौडेलको नागरिक अभिनन्दन समारोहमा बोल्दै संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश भएको बताएका छ्न ।
संघीयता कार्यान्वयन नहुँदा जनताले चाहेको कुरा पूरा गर्न नसकिरहेको बताएका छ्न । प्रदेश सरकार गठन भएको ६ वर्ष बितिसक्दा पनि संघीयता पुर्ण रुपमा कार्यान्वयनमा नआएको बताए।
मुख्यमन्त्री यादवले भन्नुभयो ‘त्यस्तो पनि सरकार हुन्छ जसको आफ्नो प्रहरी प्रशासन हुँदैन । प्रदेशमा के घटना हुन्छ हामीलाई थाहा हुँदैन ।’
उनले प्रदेश सरकार सफल नभए संघीयता सफल हुन नसक्ने भन्दै भने, ‘संघ सरकारले मधेश सरकारसँग भेदभाव गरेकै भनेका छ्न । सबैभन्दा बढी जनसंख्या यस प्रदेशमा भएपनि बजेट सबै भन्दा कम यहाँ नै छ । सबै दलको नेतृत्वमा सरकार बनी सक्यो तर संघीयता कार्यान्वयन भएन ।’

















Discussion about this post