nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फेसबुकको प्रेमले पुर्‍यायो दिल्ली, विवाहको नाममा दाजुभाइबाटै पटक पटक जब रजस्ती

दिल्ली लगेर युवकले विवाह गर्ने भन्दै जबरजस्ती करणी गरे र एक महिनापछि मेरो लागि होइन दाइको लागि ल्याएको भन्दै आफू फरार भए

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ५, २०८०, ८:०७ मध्यान्ह
जब यौनकर्मी वे श्यालयका केटासँग प्रेममा परिन्

जनकपुरधाम/असोज ५ गते । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रेम सम्बन्धमा जोडिएकी एक किशोरीको इज्जत दिल्ली पुगाएर लुटिएको छ। फेसबुकका प्रेमीले विवाह गर्ने भन्दै जबरजस्ती करणी गरेर एक महिनापछि ती प्रेमीले आफ्ना लागि नभई दाइका लागि दिल्ली ल्याएको भन्दै उनी फरार भएको विषय बाहिर आएको छ। १६ वर्षीया ८ कक्षामा अध्ययनरत ती किशोरीको फेसबुकका प्रेमीले मात्र नभई ती प्रेमीका दाजुले समेत जबरजस्ती करणी गरेर गरेका छन्।

करिब ६ महिना अघि सामाजिक सञ्जाल फेसबुकमा उनको एक युवकसँग कुराकानी सुरु भएको थियो। दैनिक रुपमा हुने कुराकानी मायाप्रेममा परिणत हुन पुगेको थियो। दुई/अढाई महिनासम्म सामाजिक सञ्जालको कुराकानीमै उनीहरु भेट्न तयार भएका थिए। भारतको दिल्लीमा काम गर्ने युवक र ती किशोरीबीच वीरगन्जमा भेटने कुरा भयो। युवक दिल्लीबाट र किशोरी धनुषाबाट वीरगन्ज पुगे। त्यतिबेला युवककी दिदी पनि सँगै थिइन।

युवकले भारतमा राम्रो नोकरी भएकाले विवाह गरेर उतै लैजाने भनेपछि किशोरी दिल्ली जान तयार भइन् । युवकले दिदी र ती किशोरीलाई वीरगन्ज नाकाबाटै घोडागाडी पठाए। वीरगन्जमै एकजना वृद्धलाई पनि नाकामा रोकेर उनले चेकजाँच गरेमा छोरी भनिदिनु भन्दै फकाए। नम्बर पनि साटासाट गरे। तर नाकामा चेकजाँच र कुनै सोधपुछ नै भएन। दिल्ली लगेर युवकले एक महिनासम्म आफुसँगै राखे। विवाह गर्ने भन्दै प्रलोभन दिएर जबरजस्ती करणी गरे।

‘एक महिनापछि मेरो लागि होइन दाईको लागि ल्याएको भन्दै ती किशोरीका प्रेमी फरार भए,’ यसैसाता माइती नेपाल कञ्चनपुरले दिल्लीबाट उद्धार गरेर ल्याएकी पीडित किशोरीले भनिन्, ‘त्यसपछि उसको दाईको यातना सुरु भयो।’ युवकका दाईले पनि जबरजस्ती करणी मात्रै गरेनन‚ यातना पनि दिन थाले। यही बीचमा पार्वतीले युवकको दाईले अरु कसैसँग कुरा गरेको सुनिन्। जसबाट उनी झसंग भइन्। उनलाई बेच्ने तयारी भइरहेको थियो।

उनलाई कोठामा बन्धकजस्तै राखिएको थियो। बाहिर जाँदा पनि नजिक मात्रै आफूसँगै लैजाने गर्थे। एक दिन पार्वतीले मेसेन्जरबाट आफ्नो अवस्था आमालाई बताइन। आफू भएको ठाउँ र आफ्नो अवस्थाबारे सबै जानकारी गराइन्। त्यसपछि आमालाई जिल्ला प्रहरी कार्यालय धनुषालाई उद्धारका लागि आग्रह गरिन्। धनुषा प्रहरीबाट माइती नेपाल धनुषा हुँदै उक्त कुरा माइती नेपाल कञ्चनपुर पुग्यो।

‘यो कुरा पीडितकी आमाले दिल्लीमा आफ्ना नेपाली साथीभाईसँग पनि पु¥याइसकेकी रहिछन्,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘उनीहरुकै सहयोगमा उनलाई उद्धार गरेर ल्याइएको हो।’ पीडितकी आमा केही वर्ष दिल्लीमै बसेर काम गरेकी थिइन्। त्यही बेलाका साथीभाईलाई उनले छोरीको अवस्था बताएर उद्धारका लागि आग्रह गरेकी थिइन। माइती नेपाल र नेपालीकै टोली पार्वतीको उद्धारका लागि पुग्दा उनलाई बन्धक बनाएर राखिएको थियो।

धेरै दिनदेखि खाना पनि दिइएको थिएन। हिँडडुल तथा बोल्न समेत नसक्ने अवस्थामा उनको उद्धार गरियो। ‘पाँच दिन दिल्लीमै उपचारपछि बल्ल उनी बोल्न र हिडडुल गर्न सक्ने भइन्,’ उद्धारमा खटिएकी भट्टले भनिन्, ‘त्यसपछि महेन्द्रनगर ल्याइएको हो।’ उनलाई मंगलबार माइती नेपालकै कर्मचारीसककंग धनुषा पठाइएको छ। माइती नेपालले २०२३ मा हालसम्म भारतबाट १४ जनाको उद्धार गरेको छ। जसमा अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएका छन्।

कतिपय साथीभाई बनेर त कतिपय प्रेमिका बनेर फसेका छन्। ‘जागिरको प्रलोभन, दिल्ली मुम्बईमा राम्रो नोकरी भएको भन्दै फकाउने आदि कारणले किशोरीहरु फसेका छन‚’ भट्टले भनिन्, ‘हामीले भारतबाट उद्धार गरेका अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारत पसेका छन्।’ उनका अनुसार कतिपयलाई महिलाहरुले नै फकाएर लैजाने गरेको समेत पाइन्छ। –कान्तिपुरबाट

 

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि