असोज ४ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । मूर्ति सेलाउने क्रममा दुई समुदाय बिच झडप भएपछि कर्फ्यु आदेश जारी गरिएको हो।
आज (बिहिबार) सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ मा मूर्ति सेलाउने क्रममा दुई समुदाय बिच झडप हुँदा मुसैली निवासी एक युवा माथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएको हुनाले प्रादेशिक अस्पताल मलंगवाबाट प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ ।
मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङल गतिविधि गर्न नपाउने गरी आज बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सूचनामा कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ ।


















Discussion about this post