सिरहा/भदौ १७ गते । जिल्ला अदालत सिरहाको आदेशमा सिरहाकी मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान भएकी छन् ।
सिरहाको मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता मिटरव्याजी आरोपमा साउन २४ गते पक्राउ परेकी थिइन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको आरोप छ ।
न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
उनीमाथि रायसहित ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।

















Discussion about this post