nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : शौचालय बनेपछि फेरिएको दिनचर्या

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०८०, ८:१२ मध्यान्ह
सिरहा : शौचालय बनेपछि फेरिएको दिनचर्या

लहान (सिरहा)/भदौ  ७ गते । आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ ।

आफ्नै टोलमा बनेको शौचालयमा सुरक्षितरुपमा दिसा पिसाब गर्न पाएपछि आशादेवी बाहिर शौच गर्नुपर्ने चिन्ताबाट मुक्त हुनुभएको छ । अलि पर खोला किनारमा बिहान झिसमिसेमै शौच गर्न जाँदा लाग्ने समय अब उहाँ घरधन्दामा बिताउनुहुन्छ । सामुदायिक शौचालय बनेपछि आशादेवीजस्तै मुख्य गरी यहाँका गृहणी महिलाको समयको बचत मात्र भएको छैन, कसैले देख्छ की भनेर किस्तावन्दीमा डराइडराइ दिसा बस्नुपर्र्ने बाध्यता पनि हटेको छ ।

सड्चालीस परिवार बस्दै आएको बलुवा टोलमा अधिकांश व्यक्ति सुकुम्बासी दलित समुदायका छन् । उनीहरुसित न शौचालय बनाउने जग्गा छ, न त लगानी गर्ने पैसा । “घरमा शौचालय नहुँदा धेरै दुःख भोग्नुपर्ने बाध्यता थियो । झिसमिसे अँध्यारोमै खुला दिसा बस्नुपर्दा किरामिरा तथा सर्पको डर थियो”, आशादेवीले भन्नुभयो, “अझ झरी पर्दा र  खोलामा आएको बाढीले त झन शौच गर्न कहाँ जाने होला भन्ने चिन्ता हुन्थ्यो । अब नजिकै शौचालय बनेपछि यो समस्याबाट मुक्ति पाइयो ।”

‘वाटर एड नेपाल’को प्राविधिक सहयोग र दलित जनकल्याण युवा क्लब, लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा सामुदायिक शौचालय सञ्चालनमा आएपछि बाहिर खोला किनारतिर खुला शौच गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

चार वर्ष अघि नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरियो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भनी घोषणा गरिए पनि त्यसले मधेसका दलित तथा गरिब बस्तीलाई छुनै सकेन । लहान–५ का निवर्तमान वडाध्यक्ष मोहम्मद सुलेमान अन्सारी भन्नुहुन्छ, “यस समुदायमा सबै सुकुम्बासी छन् । उहाँहरुसँग जग्गा अभावले घरमा शौचालय बनाउने कुरा भएन । नदी किनारमा खुला ठाउँमा शौच गर्न बाध्य थिए । यो ठाउँमा सामुदायिक शौचालय बनाइदिनुप¥यो भनी नगरपालिका र विभिन्न सङ्घसंस्थालाई बारम्बार अनुरोध गरिरह्यौँ र अहिले आएर हाम्रो पहलकदमी सार्थक बनेको छ ।”

यसअघि टोलवासीले शौचालय बनाइदिने आश्वासन मात्र पाएका थिए । “जो आए पनि नाम लेखेर जान्थे”, स्थानीय निरादेवी पासमानले भन्नुभयो, “टोलमा घरभन्दा राम्रो शौचालय बन्छ होला भनेर त शोचेको पनि थिएन । टोलमा कसैले घर दिन्छु, कसैले घरैघर चापाकल दिन्छु भन्थे, तर उँहाहरुले ९दलित जनल्याण० त साँच्चिकै नै यति राम्रो चर्पी बनाइदिनुभयो ।” खुसी हुँदै निरादेवी पासमानले भन्नुभयो ।

स्थानीयका अनुसार पहिला पहिला बलुवा टोलमा  मुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । नदीको किनारमा एक लाइनमा महिला तथा अर्र्को लाइनमा पुरुष शौच गर्न बसेका हुन्थे । पहिले जताततै दिसापिसाब मात्र देखिने बलुवा टोलमा शौचालय बनेपछि गाउँ सफा भएको छ । सरसफाइले स्थानीयको स्वास्थ्यमा पनि सुधारसमेत आएको छ । शौचालय अभावमा घरवरपर जथाभावी दिसापिसाबका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगले सताउने भए पनि अहिले कमी आएको स्थानीय बताउँछन् ।

दलित हक अधिकारको क्षेत्रमा काम गर्ने दलित जनकल्याण युवा क्लबले गरिब, निमुखा र दलितको जीविकापार्जनको लागि विगतदेखिनै उल्लेखनीय कार्य गर्दैआएको बताउनुहुन्छ क्लवका कार्यकारी निर्देशक विनोदकुमार विसुन्के । दलित बस्तीमा शौचालयको अभाव देखेपछि उक्त समस्यालाई सामधान गर्न उक्त कार्य अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

लहान–५ का वडाध्यक्ष मोहम्मद अब्दुल करिमले शौचालयको अभावमा खुला ठाउँमा शौच गर्न बाध्य र समाजमा पछाडि पारिएको यस क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । सामुदायिक शौचालय तयार भइसकेपछि लहान नगरप्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, “घरभन्दा राम्रो शौचालय बनेको छ, यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।”

शौचालय अपाङ्गतामैत्री छ । चौध शौचालय ४७ परिवारले प्रयोग गर्दछन् । उनीहरुले ‘बलुवा टोल सामुदायिक शौचालय मर्मतसम्भार समिति’ गठन गरेका छन् । शौचालयको स्थायित्वका लागि भन्दै प्रयोगकर्ताले मासिक शुल्क प्रतिघर रु एकसयका दरले सङ्कलन गर्ने गरेको र उक्त रकम शौचालयमा प्रयोग भएको बिजुलीको महसुल तिर्न तथा शौचालय व्यवस्थापनमा खर्च गरिने समितिका सचिव किरणकुमारी पासमानले जानकारी दिनुभयो ।-रासस

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि