सिरहा/भदौ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित रंगेहात प क्राउ परेका छन् ।
आयोगले नापी कार्यालय लाहान सिरहामा कार्यरत अमिन दिपरञ्जन यादवलाई सेवग्राहीसंग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि १० हजार घुस लिएको भन्दै नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।

















Discussion about this post