श्रावण/श्रावण ३१ गते । सप्तरीको विष्णुपुर गाँउपालिकाका लेखापाल र अपरेटर ५ लाख घुससहित रँगेहात अख्तिायरको फन्दामा परेका छन् ।
सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका लेखापाल (अकाउन्टेन्ट) टेक नारायण यादव र एमआईएस अपरेटर बीरेन्द्र कुमार यादवलाई घुससहित पक्राउ गरिएको हो ।
सोलार बत्ति जडान लगायत अन्य योजनाको काम गरिदिएवापत सेवाग्राहीसँग घुस रिसवत मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी शाखाबाट खटेको टोलीले यादवद्धयलाई घुससहित रँगेहात्त पक्राउ गरेको हो ।
लेखापाल टेक नारायण यादव र अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट नगद २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबरको बैँक चेकसहित राजविराज नगरपालिका वडा नं. ३ त्रिभुवनचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा इटहरीमा लगिएको हो ।

















Discussion about this post