महोत्तरी/असार ३१ गते। महोत्तरीको भंगाहास्थित बिजलपुरा स्टेसनमा रेल हेर्ने सर्वसाधारणको घुइँचो लागेको छ । आइतबारबाट सुरु हुने कुर्था- भंगाहा बिजलपुरा रेल सेवा उद्घाटनका लागि तयारी पूरा भएसँगै रेल हेर्ने स्थानीयको भीड लागेको हो । सो रेलखण्डमा रेलको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए ।

आइतबार संघीय सरकारका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले रेल सञ्चालको उद्घाटन गर्नेछन् । बिजलपुरा स्टेसनमा रेल हेर्न आएका ८१ वर्षका सुठी साहले हेर्न पाएकोमा खुशी लागेको बताए । भंगाहामा अहिले सयौंको संख्यामा रेल हेर्न स्थानीय आएका छन् ।
जयनगर–जनकपुरधाम–कुर्था सम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा रहेको रेल अब थप १७ किलोमिटर समेत ५२ किलोमिटर लामो दुरीमा सञ्चालन हुने भएको छ ।

दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरा सम्म बिस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जनाए । तर जग्गाको मुृआब्जा बिबादको कारण तेस्रो चरणको बिजलपुरादेखि बर्दिबास सम्मको रेलवे पूर्वाधार निर्माणको कार्य रोकिएको छ ।
भारतको सहयोगमा नेपालमा हाल एकमात्र जयनगरदेखि बिजलपुरा सम्मको रेल सञ्चालनमा आएको छ ।
















Discussion about this post