जनकपुरधाम/जेठ ३० गते । जनकपुरधामको मिल्स एरियामा एक युवकले आ त्मदाहको प्रयास गरेका छन् ।
मंगलबार साँझ जनकपुरको मिल्स एरियामा जनकपुरधाम १४ रजौल घर भएका अन्दाजी ३० वर्षीय रितेश दासले आत्मदाहको प्रयास गरेका हुन् ।
शरीरमा पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उनलाई स्थानीयले उद्धार गरेका छन् । स्थानीयका अनुसार मिल्स एरियामा आइएमई मनी ट्रान्सफर सञ्चालन गरेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका थिए ।
तर ऋण लिएको ६ महिना नबित्दै उमेशले सो जग्गा बिक्री गरेपछि रितेश तनामा आएर आत्मदाहको प्रयास गरेको बुझिएको छ ।
हेर्नुहोस भिडियो

















Discussion about this post