जेठ २९ गते । सप्तरीमा एक ७५ वर्षिय बृद्धले आ त्महत्याका प्रयास गरेका छन् ।
आइतबार जिल्लाको शम्भुनाथ नगरपालिका ३ स्थित एक ७५ वर्षिय बृद्धले विषादी सेवन गरेको प्रहरीले जनाएको छ । सो वडा नरही टोलमा बस्ने ७५ वर्षिय बुल्टेन रामले घरायसी विवादको कारण बारीमा गई किरा मार्न राखिएको करिश्मा नामक बिषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विषादी सेवन पश्चात् गम्भिर बिरामी भएका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको छ ।

















Discussion about this post