nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २८, २०८०, ८:५६ मध्यान्ह
महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

महोत्तरी/जेठ २८ गते । अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो ।

धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ वटै वडाका बस्तीमा घरघरै जडान गरिएका धारामा पानी आउन छाडेको छ । धाराको टुटी खोल्दा पानी नझरेपछि बढ्दो गर्मीमा सर्वसाधारण छट्पटिएका छन् ।

“तीन/चार दिन पहिलेसम्म त धारामा कुनैकुनै बेला पानी चुहेजस्तो गथ्र्यो, अब त पानी झर्न छाड्यो”, बर्दिबास–२ ओमशान्तिचोककी गृहिणी फूलमाया मगरले भने, “खै अब कसलाई गुहार्ने होला ?” कुनै बेला धारामा पानी आउने आशमा पछिल्ला तीन दिनयता घरका परिवारजन राति पालो गरेर सुत्ने गरेको फूलमायाले बताए ।

बर्दिबासका वडा नं १, २, ३, ४, ५, १०, ११ र १४ का बस्तीमा खानेपानीको स्रोत नदी र खोल्सीबाट सङ्ग्रह गरिएको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने रहेको छ । यस्तै वडा नं ६, ७ र ८ मा धारा तथा इनार दुवै स्रोत छन् । वडा नं ९, १२ र १३ मा भने इनारकै भर छ । धाराका लागि पानी सङ्ग्रह गरिने नदीका मुहान र खोल्सीमा गर्मी बढेसँगै पानी सुक्दै गएपछि धारामा पानी आउन छाडेको बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष शङ्कर फुयाँलले बताए।

“खोल्सी र नदीका मुहान सुक्दै गएपछि पानी सङ्ग्रह र भण्डारणमा समस्या छ, हामी मुहान खोस्रदै पानी बढाउने प्रयत्नमा छौँ”, फुयाँलले भने, “तर लगातार बढ्दो प्रचण्ड गर्मीले मुहान झनझन सुक्दै गएपछि अहिले भण्डारण गरिएको पानी अलिअलि गरेर सबै भेगमा बाँडेर जोहो गरिएको छ ।”

यसैगरी गौशाला र भङ्गाहा नगरक्षेत्रका धारा, इनार र चापाकल सुक्दै गएपछि सर्वसाधारण रनभुल्ल परेका छन् । आफ्ना बस्तीका इनार र चापाकल सुकेपछि नजिकको पलार बस्ती पुगेर पानी ल्याउनुपरेको भङ्गाहा–४ रामनगरका इस्लाम कवारीले बताए । “यसअघि कहिल्यै नसुकेका इनार र चापाकल अहिले सुके, खै के हुन लाग्यो ?”, कवारीले भने, “अब कसरी बाँच्ने होला ?” भङ्गाहाका प्रेमनगर, रामनगर, टोकाबस्ती, थारुटोल बनरा, कर्पुरगञ्ज, राजपुर, भू–चक्रपुर र सीतापुरसहितका बस्तीका ८० प्रतिशत चापाकल र इनार सुकेका कवारीले बताए ।

बस्तीमा पानीका स्रोत सुक्दै गएपछि खानपिउन मात्र नभई नुहाउन तथा लुगा धुन, पशुलाई पानी खुवाउन पनि समस्या बढेको छ । यस भेगका बासिन्दा बयलगाडामा दुई किलोमिटर तलका बस्तीमा पानी लिन धाउन थालेका छन् । बयलगाडा नहुने साइकलमा दुईतिर गाग्री बाँधेर पानी ओसार्ने गरेका भङ्गाहा–४ टोका बस्तीका राजकुमार दास ले बताए।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रका पानीका स्रोत नसुके पनि चापाकल र अटोमेटिक बोरिङबाट झर्ने पानीको मात्रा निकै घटेको छ । पछिल्ला केही वर्षयता नदी, खोल्साखोल्सी, इनार र चापाकलमा पानी सुक्नमा प्रचण्ड रापमात्र नभएर प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन मुख्य कारण रहेको वातावरण तथा जलवायु विज्ञको भनाइ छ ।

पानीको अभाव हुन थालेपछि बस्तीमा इनार सखार्ने, बोरिङबाट पानी तानेर ट्याङ्कीमा भण्डारण गरेर धाराबाट पानी दिने विकल्पका कुरा गरिए सुनिए पनि यी स्थायी समाधान नभएका वातावरण तथा जलवायु विज्ञको धारणा छ । पछिल्ला वर्षमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेपछि पानीका स्रोतका मुहान गहिरिँदै गएका सामाजिक संस्था रुपान्तरणमा कार्यरत जलवायु विज्ञ विराट पन्तको भनाइ छ ।

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दै छ । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेग¥यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र शिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका पन्तले बताए । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन् ।

“अब यो समस्याको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेग्र¥यान नदीमा नझर्ने व्यवस्था र ठाउँठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ”, पन्तले भने । पूर्वपश्चिम राजमार्ग माथि (उत्तर) को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने पन्तले बताए । रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि