सप्तरी/जेठ २६ गते । सिमेन्ट घोल्ने मेसिन (मिक्चर) को ठक्करबाट गम्भिर घाइते भएका एक साइकल यात्रीको उपचारका क्रममा मृ त्यु भएको छ ।
राजबिराज नगरपालिका वडा नं. ६ स्थित सखडा मोडबाट नेता चौकतर्फ जादै गरेको मिक्चर मेसिनको ठक्करबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ बेलहा बस्ने ८६ वर्षिय उचितलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाईते भएका मण्डललाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मिक्सर चालक जिल्लाको खड्क नगरपालिका ५ खोजपुर बस्ने २४ वर्षिय अशोक चौधरी र सहचालक रुपनी गाउँपालिका २ बस्ने २४ वर्षिय नरेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकोछ ।

















Discussion about this post