महोत्तरी/जेठ १६ गते। मधेस प्रदेश असुरक्षित बन्दै गएको छ।महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबि बैंकबाट दिनदहाडै रकम लुटिएको छ ।
मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा ४ जनाको हतियारधारी अज्ञात समुहले बैंकबाट करिब ३५ लाखभन्दा बढी रकम लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।
दिउँसो बैंकमा प्रवेश गरेर समूहले बैंकका कर्मचारीहरुलाई बन्दुक देखाउँदै रकम लुटपाट गरेको सार्वजनिक भएको सिसीटिभी फुटेजमा देख्न सकिन्छ ।
एसपी मल्लका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर फरार भएका हुन्। फरार भएकाहरुको खोजी भइरहेको उनले बताए।














Discussion about this post