सप्तरी/बैशाख ११ गते । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी नदी पलारमा तरभुज खेती गर्न बनाएका खरको छानो र बासको टाटी बेराको फुसको घरमा आगलागि हुँदा नगद ७ लाख २१ हजारसहित ९ लाख बराबरको क्षति भएको छ ।
स्थानिय अशोक कुमार मण्डलले तरभुज खेती गर्न बनाएका घरमा अचानक शनिबार आगलागि हुँदा नगद ७ लाख २१ हजारसहित विभिन्न मलखाद र घर टहरा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय बासीहरुको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post