लाहान/बैशाख १ गते । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन (बैशाख १ गते ) मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि ठूलो भीड लागेको छ ।

प्रेम प्रतिकको रुपमा रहेको प्रत्येक नयाँ वर्षको दिन फुल्ने फुल हेर्न र भाकल पूरा हुने जनविश्वासको कारण दुर दराजको ठाउँबाट आजकै दिन श्रद्धालु भक्तजनहरु ओइरिने गरिएको हो ।

सलहेश गाथामा उल्लेख भएअनुसार सोह्र शताब्दीको लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रही प्रेम असफल भएपछि मालिनीको सम्झनामा माला झण्ड्याइदिएकोले प्रेम प्रतिक स्वरुप नयाँ वर्षको दिन फुल्ने गरेको बताइएको छ ।

तराईका दुसाद जातिका इष्टदेव मानिने सलहेशको पूजा अराधना गर्नाले मनोकांक्षा, आरोग्यता, सन्तान प्राप्ति, चर्मरोग निको हुने जनविश्वासका कारणसिरहा, सप्तरी, धनुषा, सुनसरी लगायत भारतको विहारबाट हजारौंको संख्यामा भक्तजनहरुको ओइरो लाग्ने गरेको हो । यो बर्ष पनि फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि ठूलो भीड लागेको छ ।

















Discussion about this post