सप्तरी/चैत २८ गते । सप्तरीमा आज बिहान जिल्लाको कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् ।
आगलागी बाट एक घर जल्नुका साथै एक जना सख्त घाइते भएका छन् ।
विनय खंगको घरमा खाना पकाउने क्रममा चुल्होबाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको हो । सो क्रममा बाँधिएको बाछालाई खोल्न जाँदा घरधनी विनय खंग जलेर सख्त घाइते भएका छन् ।
उपचारका लागि खंगलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक रायले जानकारी दिए ।
कञ्चनरुप नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी रायले बताए ।
यसैगरी सोमबार राति रुपनि गाउँपालिका २ पिपराहीका रामनारायण साहको घरमा बिजुलीको मिटर अचानक सर्ट भई आगलागी हुँदा घर, लत्ताकपडा, अन्य सामान जल्नुका साथै जलेर तीनवटा खसीको मृ त्यु भएको छ ।
यस्तै रामनारायणका भाइ शिव नारायणको घरमा पनि आगलागी भएको छ । घर, लत्ताकपडा, अन्य सामानसहित दुईवटा बाख्राको जलेर मृ त्यु भएको छ । नेपाल प्रहरी, शम्भुनाथ नगरपालिकाको दमकल, मधेश प्रदेश प्रहरी तालिम केन्द्रको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।















Discussion about this post