सप्तरी/चैत ८ गते। सप्तरीमा डाका मुद्दाका फ रार एक अभियुक्त २० वर्ष पछी प क्राउ परेका छन्् ।
प क्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ का ६५ वर्षिय फुल कुमार चौधरी थारु छन् । प्रहरीेले उनलाई गाँउघरमै लुकि वसेको अवस्थामा सोमवार साँझ प क्राउ गरेको हो ।
थारुले २०५८ साल जेठ २ गते सोही नगरपालिकाका सूर्य नारायण पालको घरमा घुसी पालको हात खुट्टा बाँधेर ६७ हजार ४० रुपैया बराबरको धनमाल लु टेर लगेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डकौतिको मुख्य योजनाकार थारु नै रहेको तथा सो मुद्दा संलग्न अन्य १०/११ जना भने अझै फ रार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।
उनलाई जिल्ला अदालत सप्तरीले २०७१ साल चैत्र १० गते ६ वषै कैद सजाय र १ लाख १९ हजार १ सय ८२ रुपैया जरिवाना ठहर गरेको थियो । घट्ना पछी उनी फ रार थिए । पक्राउ परेका थारुलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार मंगलवार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

















Discussion about this post