सप्तरी/फागुन ११ गते । सप्तरीको बोदे बर्साईन नगरपालिका १० स्थित खडकपुरमा आगलागी हुदाँ पलानु यादव ,गोहालु यादव , उमेश यादव र बिरेन्द्र यादवको गरि घरमा आगलागी हुदा २५ लाखको क्षति सँगै पलानु यादवको जेठि छोरीको विवाह गर्ने यहीँ फाल्गुन २५ गतेको सपना पनि जलेको छ ।

बुधबार अचानक घरबाट भएको आगलागीमा बिवाह गर्न राखेको पलानु यादवको ५ लाख नगद, अन्नपात, पशुचौपाया लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको पस्थानीयले जनाएको छ ।

यादव परिवारका खुला आकासमुनि सँगै उनले पालेका ३ बाख्रा , सुनचाँदी , मोबाइल , टिभी , लत्ताकपडा, एलिबेस्टर , जस्तापाता , धानचाबल , काठ समेत जलेका छन् । त्यस्तै जलधर पलानु यादवको भाइ गोहालु यादव , को पनि एक घर र घरको समाग्री जलेको हो। उनका भाइ गरि तीन जनाको घर र गोठसँगै दुई वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ ।
























Discussion about this post