nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैंकमा काम गर्ने कर्मचारी किन हुन्छन तनावमा ? मोटिभेट गर्न के गर्ने ? 

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ७, २०७९, ७:२१ मध्यान्ह
बैंकमा काम गर्ने कर्मचारी किन हुन्छन तनावमा ? मोटिभेट गर्न के गर्ने ? 

ज्ञानु श्रेष्ठ/काठमाडौं । जीवनमा तनाव नै नहुने भन्ने हुँदै हुँदैन । सामान्य तनाव हुनु स्वभाविक हो । तर असामान्य तनाव मानिसको लागि खतरनाक हुनसक्छ । जब तनाव असिमित हुन थाल्छ, तब  मानिस  असिमित समस्याहरुको घेरामा पर्दछन । 
यतीबेला बैंक तथा वित्तिय क्षेत्रमा कर्मचारीहरुको असिमित तनाव पनि चरम उत्कर्षमा पुगेको पाइएको छ । आकर्षक तलब र अनेक सुविधाका कारणले बैंक तथा वित्तिय संस्थाहरुमा जागिर खानेको घुँइचो त लाग्छ, तर तनाव सिमापार छ । घण्टौंसम्म काम गर्नुपर्ने बाध्यता र समयमा नै खाना/खाजा खान नपाएको कारणले गर्दा कतिपय कर्मचारीहरुको मानसिक स्वास्थमा गम्भिर असर पर्ने गरेको देखिन्छ । कुनै काम लिएर तपाई हामी बैंकमा नै पुग्यौं भने बैंकका कर्मचारीहरु कामको यती धेरै चापमा हुन्छन्न कि, खाजा खानसमेत भ्याइरहेका हुँदैनन ।

निजी क्षेत्रको वाणिज्य बैंकको इतिहासमा नै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीको अनुभव पनि दुःखान्त छ । काठमाडौंमा हुनेखाने परिवारमा जन्मेकी उनलाई जागिरै खानुपर्ने गरी दुःख त थिएन तर, उनले समयमा नै खाना /खाजा समेत खान नपाएर अल्सर नै हुने गरी बैंकमा काम गरेको बताउँछिन् । बैंकको जागिर खान जाँदा समयमा खाजा खान समेत नपाउँदा धेरै पटक राजीनामा दिने संघारमै पुगेको उनको भोगाई छ । कामको चाप, तनाव, समय अभावका कारण उनले जागिरसँगै पढाइलाई समय दिन पनि नसकेको उनी बताउँछिन । सीईओ खुञ्जेलीले बैंकिङ्ग जीवनमा आफूले खुसी र तनाव दुबै महशुस गरेको बताउँछिन । बैंकिङ करियरका क्रममा खुशी भनेको प्रमोशनको बेला मात्रै हुने बताउँदै उनले भनिन, ‘काम गर्ने क्रममा धेरै तनाव त हुन्छ नै । तर बैंकिङ्ग धेरै हुन्छ । समयमा खाना/खाजा खानसमेत पाईदैन । टेक्नीकल समस्याले त धुरुक्कै रुवाउँछ । मेरो अनुभवमा त बैंकिङ्ग सुरु गर्ने वित्तिकै मलाई अल्सर नै भयो ।

जुनसुकै बेला पनि जागिर छाड्नुपर्ने हो कि भनेर गोजीमा राजीनामा पत्र बोकेर हिँड्थे ।’ बैंकमा काम गर्दा पैसाको कारोबार बढी गनुपर्ने हुन्छ । त्यसैले यो कामामा अलिक बढि संवेदनशील हुनुपर्ने हुँदा कमचारी तनावमा हुने गरेको नबिल बैंकमा लामो समय मानव संसाधन विभागमा काम गरेका कृष्ण केसीको बुझाई छ । हुन त उनी अहिले नबिल बैंककै इन्भेष्टमेन्ट बैंकिङ्गकै एडभाईजरी भूमीकामा काम गर्न पुगेका छन । तर उनीले बैंकको ‘एचआर मेकानीजम’ लाई राम्रोसँग बुझेका छन । उनी भन्छन् ‘म त खुसी नै छु ,जागिर हो, घरबाट बाहिर निस्किएपछि सबै कु्राको तनाव नै हुन्छ, बैंकमा काम गर्ने कर्मचारी बढी तनावमा र अन्य ठााँउमा काम गर्ने कर्मचारीहरु सहज अवस्थामा हुन्छन भन्ने मलाई लाग्दैन ।’ त्यसो त बैंकमा काम गर्ने कर्मचारी अलिक संवेदनशील त हुनै पर्छ ।

पैसाको कारोबार गर्ने पेसा त्यती सजिलो भने हुँदैन । मानिसले आफ्नो निजि जिवनलाई भने ख्याल गर्नुपर्छ । जागिर खाएर तनावमा हुनु नर्पर्ने उनी बताउँछन । उनी भन्छन, ‘कोही जागिर खाएर तनावमा छ भने किन जागिर खाने त ? जागिर छाडे भयो नि । आफ्नै इच्छाले जागिर खाएको आफ्नै इच्छाले छाड्न पाइन्छ ।’ उनले आफ्नो काममा रमाइलो गर्ने हो काम गर्न सहज हुने सुझाव पनि दिए । बैंकमा काम गर्दा खुशी र तनाव भन्ने कुरा बराबरी नै हुने गरेको नेपाल राष्ट्र बैकंका गुरु प्रसाद पौडेल बताउँछन् ।

नगदमा काम गर्नुपर्ने भएकाले अलिक बढि तनावमा हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन् ‘खुशी र तनाव भन्ने कुरा बराबरी हुन्छ । कुन कामलाई कसैले सहज तरिकाले गर्न सक्छन त कसैल सक्दैनन । कुनै पनि कामलाई कुनै व्यक्तीले तनावको रुपमा लियो भने तनाव नै हुन्छ ।’ तर  नगदमा काम गर्नुपर्ने हुँदा विभिन्न समस्याहरु आउने उनी बताउँछन । कहिले नगद सट हुने, जाली नोटहरु पर्नसक्ने, हिसाब नमिल्ने ,गडबडी हुने, धेरै लामो समयसम्म काम गनुपर्ने, खाजा खाने समय नपाइने लगायतका कारणले कर्मचारी तनावमा हुने गरेको उनी बताउँछन । नेपाल सरकारले बैंक तथा वित्तिय संस्थामा काम गर्ने, सरकारी तथा निजि  क्षेत्रबाट संञ्चालीत संस्थाका कर्मचारीहरुलाई तालिममार्फत हौसला दिने विनियमवालीमै उल्लेख गरेको छ । राष्ट्र बैंकको कर्मचारी विनियमावलीमा कर्मचारीको सेवा, वृद्धि विकासका कुराहरु, कर्मचारीहरुले लिने विदाहरुको व्यवस्था भएको कारणले खासै तनाव लिनु नपर्ने पौडेल बताउँछन । तर यस्तो व्यवस्था हरेक संस्थामा हुन्छ । 

यता मानसिक स्वास्थका क्षेत्रमा लामो समय काम गर्दै आएकी ह्याप्पी माइण्डस डट हेल्थकी प्रवन्धक श्रेया गिरिले घण्टौसम्म काम गर्नुपर्ने बाध्यताले कर्मचारीको मानसिक स्वास्थयमा गम्भिर असर परेको बताउँछिन । कार्यालयमा काम गर्दा तनाव पनि उत्पन्न हुनसक्छ, लामो कार्यविधि, कामको कठिनाई, आर्थिक असुरक्षा, जागिर गुम्ने डर, सहकर्मी वा हाकिमसँगको झगडा लगायतका कारणले कार्यलयमा तनाव उत्पन्न हुने र आफ्नो क्षमताभन्दा बढि काम गर्नुपर्दा कर्मचारी तनावमा हुने उनी बताउँछिन ।

उनले तनावबाट मुक्त हुनको लागि स्वस्थ खाना खाने, थोरै समय आफ्नो लागि पनि निर्धारण गर्ने, दैनिक व्यायम गर्नुपर्ने सुझाव दिईन । कम तलबमा धेरै काम गर्न लगाउने, कामको दबाब धेरै दिने, कर्मचारीलाई जानकारी नै नदिई सरुवा गरिदिने, लामो समयसम्म काम गरेको कर्मचारीहरुलाई वास्तै नगर्ने लगायतका कारणले कर्मचारीहरुमा मानसिक समस्या बढिरहेको पाइन्छ । बैंक तथा वित्ति तथा कर्पोरेट संस्थाहरुमा काम गर्ने कर्मचारीमा मानसिक स्वास्थको अवस्था धेरै नाजुक रहेको र यसमा सरकार अथवा सम्बन्धित संस्थाले पनि हेरविचार गर्नुपर्ने श्रेया गिरि बताउँछिन । 

साभार स्रोत-Bankingsamachar.com बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!