nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २४, २०७९, ५:५० मध्यान्ह
प्रदेश २ सरकारले पठाएका ३ जना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १० दिनमा पनि जलेश्वर अस्पताल पुग्न सकेन,यस्तो छ कारण

मंसिर २४ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ ।

विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र अन्य स्रोतसाधनको अभावमा समान्य बिरामीलाई समेत अन्यत्र सिफारिस गर्दै आएको जलेश्वर अस्पतालले अहिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको छ ।

एउटा बिरामीका लागि चाहिने प्रत्येक क्षेत्रका डाक्टर, विभिन्न किसिमका जाँचको सुविधा र अधिकांश औषधिसमेत अहिले अस्पतालमा नै पाउन थालेपछि उपचारका लागि जलेश्वर अस्पतालमा पुगेका सेवाग्राही खुसी देखिएका छन् ।

काठमाडौँको वीर अस्पतालसँगै एकैदिन राणाकालमा जिल्ला अस्पतालका रुपमा स्थापना गरिएको यस प्रादेशिक जलेश्वर अस्पतालका भौतिक संरचना फेरिएका छन् । यस अस्पतालमा ठूलो तीनतले भवन बनाइएको छ । यहाँ विभिन्न अत्याधुनिक उपकरण छन् ।

बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा लिन समस्या भइरहेका बेला प्रदेश सरकारले करिब दुई महिना पहिले करारमा दक्ष जनशक्ति भर्ना गरेपछि कुनै पनि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा सतिश साहले बताए ।

जिल्लाको सात लाख जनसङ्ख्यालाई विभिन्न स्वास्थ्य सेवा दिँदै आइरहेको महोत्तरीकै सबैभन्दा पुरानो अस्पतालप्रति यहाँका बासिन्दामा आशा भरोसा जागेको छ । मधेस–प्रदेश सरकारले यस अस्पतालमा चिकित्सक अभाव रहेका बेला ३५ जना दक्ष जनशक्ति भर्ना गरेपछि अहिले अस्पतालमा उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।

यस अस्पतालमा हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ, महिला तथा प्रसूती रोग विशेषज्ञ, जनरल फिजिसियन, जनरल सर्जनलगायत आठ विशेषज्ञ चिकित्सकसहित ३५ जनालाई मधेस प्रदेश सरकारले करारमा भर्ना गरेपछि रेफर अस्पतालका रुपमा परिचित यस अस्पतालको मुहार फेरिएको छ ।

त्यस्तै यस अस्पतालमा ल्याबतर्फ थाइराइड जाँच, लिपिड प्रोफाइल, सोडियम, पोटासियम, एलएल एसपी, आरएसपी, मधुमेह र विभिन्न किसिमका रगतको जाँचका साथै यस अस्पतालमा अक्सिजन प्लान्ट र २४ घण्टे एम्बुलेन्स सेवा विस्तार भएसँगै अब अस्पतालमा सेवाग्राहीले सबै सेवा प्राप्त गर्न थालेका छन् ।

सेवाग्राहीले अस्पतालकै ल्याबमा सबै परीक्षण पाउन थालेपछि बाहिर चर्को मूल्य तिरेर जाँच गराउनुपर्ने बाध्यतासमेत हटेको छ ।

यसरी अस्पतालमा पर्याप्त भौतिक संरचना, विशेषज्ञ डाक्टर तथा दक्ष चिकित्सक र सुविधा सम्पन्न ल्याब भएपछि अस्पतालमै सबै प्रकारको जाँच गराउन तथा विभिन्न रोगको उपचार गराउन आउने रोगीको सङ्ख्या पनि वृद्धि भएको र अब यो अस्पतालको सेवासुविधामा कुनै कमी नहुने अस्पताल प्रशासनले जनाएको छ ।

विभिन्न सेवासुविधाले काँचुली फेर्न थालेको जलेश्वर अस्पताललाई जलेश्वर नगरपालिकाले समेत आवश्यक सहयोग गर्र्ने नगरप्रमुख सुरेश साह सोनारले बताए ।

मधेस प्रदेश सरकारले गरेको चिकित्सक भर्नाका कारण सरकारी अस्पतालप्रति सेवाग्राही आकर्षित हुन थालेको ल्याब टेक्नीसियन गेनु राउतले बताए ।

अहिले अस्पतालमा विभिन्न रोगका पर्याप्त निःशुल्क औषधि उपलब्ध रहेका कारण बिरामीलाई उपचार र औषधिमा निकै सहजता महसुस भइरहेको अस्पतालका स्टोर प्रमुख भाग्यनारायण झाले बताए ।

रासस

Tags: महोत्तरी खबरस्वास्थ्य

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!