सप्तरी/असोज १९ गते । सप्तरीमा एक महिलाको श व फेला परेको छ ।
जिल्लाको राजविराज नगरपालिका ३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृ त अवस्थामा फेला परेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
रौतहटको चन्द्रनिगापुर नगरपालिका– ५ घर भइ हाल राजविराज नगरपालिका– ३ बस्दै आएकी ३३ वर्षीया रन्जना राईको श व फेला परेको हो । मृतक महिला राजविराजको विभिन्न होटलमा काम गर्दै आइरहेको परिवारजनले जानकारी दिए ।
श्रीमानसँग दुई वर्षदेखि छुटिएर एक्लै बस्दै आएकी राईको श व सोमबार दिउँसो ६ बजे फेला परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post