महोत्तरी/असोज १ गते । महोत्तरीको मटिहानी बजारको सुन्दरतालाई बढाउन मटिहानी नगरपालिकाले २८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ।
मटिहानी क्षेत्रकै पुरानो बजारलाई ऐतिहासिकता जोगाउनका निम्ति आर्थिक वर्ष २०७८/७९ को नगरस्तरीय बजेटमार्फत सो गेटको निर्माण भएको हो।
नगरप्रमुख हरिप्रसाद मण्डलले यसले मटिहानी बजारको गरिमा र सुन्दरतालाई बढाउन थप मद्दत गर्ने बताए। नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गर्नका लागि सधैंभरि तत्पर रहने नगरप्रमुख मण्डलले जानकारी दिए।














Discussion about this post