आदित्य अजय/सप्तरी/भादौ ३१ गते। खेलानन्द दास को अगुवाई मा आज फेरी स्थानीय युबाहरुले राजबिराज नगरपालिका का उपयोगी पुस्तक पसल देखि पुर्व राजदेवी मन्दिर जाने सडक खण्ड निर्माणको माँग गर्दै सडक अवरोध गर्दै प्रदर्शन गरेको छ ।

वर्षौ देखि जीर्ण अबस्थामा रहेको उक्त सडकमा वर्षाका पानीले गर्दा हिलोमय हुने भएकोले सर्वसाधारण लाई आवतजावतमा कठिनाइ हुने गरेकोले आज युबाहरुले चक्काजाम गरेपछि स्थानीय प्रशासनले नगरपालिकामा बसि छलफल गर्न र चक्का जाम हटाउन आग्रह गरेपछि तत्काल चक्का जाम हटाइएको युबा टिमका लिडर कमल किशोर साह ले जानकारी दिएको छ ।
नगरपालिकाको बैठकमा ४ बजेसम्म यदि सडकमा ग्रेभल गीटी ,बालुवा नखसाईएको खण्डमा हामी युवाले भोलि राजमार्गमा चक्का गरी सडक अबरोध समेत गर्ने तयारी मा छौं ।
बैठकमा उपमेयर ईसरत प्रवीणले भनेको अनुसार उक्त सडकको निर्माणका लागि कान्छाराम कन्ट्रक्सन लाई पठाइएको थियो तर कान्छाराम कन्ट्रक्सनले बाटो नबनाई झन बाटो बिगारेर र स्थानीयलाई धम्की समेत दिएर गएको स्थानीय बासी ले जानकारी दिएका छन ।
अहिले फेरि राजबिराज रुपनी जोडने सडक खण्ड गीता पेट्रोल पम्प को आगाडी खेलानन्द दासको अगुवाईमा चक्काजाम जारी छ । जब सम्म सडको निर्माण कार्य पुराहुँदैन हाम्रो अभियान जारीनै हुन्छ युवाटिम को कमल किशोर साहले बताईएको छ ।

















Discussion about this post