राजविराज/भदौ २९ गते । बाल मैत्री समाजको आधार जिमेवार,परिवार उत्तरदायी सरकार मुल नाराका साथ ५८ औ राष्ट्रिय बाल दिवसको अवसरमा सप्तरीको सुरुङगा नगरपालिका ४ कदमहामा वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेन तथा सबल नेपालको साझेदारी र नगरबाल संजालको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिकको आयोजनमा आयोजित बाल मैत्री समाजको आधार जिमेवार,परिवार उत्तरदायी सरकार सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
सुरुङगा नगरपालिकाका नगर उपप्रमुख रुद्रबहादुर कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र÷छात्रा बाल क्लबका बालबालिकाहरुलाई सहभागिता गराइएको सबल नेपालका सुप्रभाइजर अशोक कुमार साहले जानकारी दिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिंकु कुमारी यादवको अध्यक्षतमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका भावानी न्योपानै,दोश्रो बविता बस्नेत,तेश्रो चन्दन कुमारी पण्डित र सान्तोना प्राप्त गरेका राजेश कटुवाललाइृ स्टेशनरी , प्रमाणपत्र , ट्रफि , मेडल समानसहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको छ । सोही कार्यक्रममा बाल क्लबका सक्रिय रुपमा कार्य गरि हाल सरकारी जागिर तथा उच्चशिक्षा हासिल गर्ने ६ जनालाई सम्मान समेत गरिएको थियो ।
नगरबाल संजाल दुवारा बाल बिवाह सम्बन्धि जनचेतना मुलक नाटक तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । नाटक र नृत्यमा सहभागि १४ जनालाई समेत शैक्षिक सामग्री प्रदान गरिएको सबल नेपालले जनाएको छ । सो कार्यक्रममा सुरुङगा नगरपालिकाका वडा अध्यक्ष,शिक्षा शाखा,समाजिक शाखा र कार्यापालिका सदसयहरु तथा सबल नेपालका प्रतिनिधि र बिभिन्न बिद्यालयका शिक्षक ,बिद्यार्थीहरुको , बाल क्लबका बाल्बालिका सहभागिता रहेको थियो ।

















Discussion about this post