आदित्य अजय/सप्तरी/भदौ ८ गते। नुहाउने क्रममा पानीमा डुबेर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका को एक बालक को मृ त्यु भएको छ ।
हनुमाननगर कंकालिनि नगरपालिका वडा न.४ मधवापुर स्थित आफ्नै पोखरीको पानीमा डुवि जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको आज दिउसो अन्दाजी ३:१५ बजेको समयमा मृ त्यु भएको हो ।
सुस्त मनस्थिति भएको हुनाले घरमा कोही नभएको मौका पारी घर नजिकै रहेको आफ्नै पोखरीको पानीमा डुबेर मृ त्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

















Discussion about this post