nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा ९ मतदानस्थल सार्ने र १८ वटा थप्ने निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०७९, ९:१६ मध्यान्ह
सप्तरीमा ९ मतदानस्थल सार्ने र १८ वटा थप्ने निर्णय

सप्तरी । जिल्ला निर्वाचन कार्यालय, सप्तरीले निर्वाचनका लागि ९ मतदानस्थल सार्ने र १८ वटा थप गर्ने निर्णय गरेको छ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले जिल्लामा रहेका मतदानस्थलमा ९ वटा सार्ने, १८ वटा थप गर्ने, दुइटा गाभ्ने र ३३ वटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ।

गत स्थानीय तह निर्वाचनमा ९ नगरपालिका र ९ गाउँपालिका तथा एक सय ६४ वडा रहेको सप्तरीमा दुई सय ९७ मतदानस्थलमा पाँच सय ३६ मतदान केन्द्र थिए।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको बताए। निर्णयबमोजिम निर्वाचन आयोगमा सिफारिस पठाएको उनले बताए।

राजविराजमा साउन ६ गते र साउन १३ गते बसेको सर्वदलीय बैठकको निर्णयानुसार स्थलगत अवलोकन निरीक्षण गरेर समितिमा प्रस्तुत प्रतिवेदनका आधारमा मतदानस्थल सार्ने, टुक्र्याउने, गाभ्ने निर्णय गरी सिफारिस पठाइएको समितिका सदस्यसचिव जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए।

भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र पायकका आधारमा डाक्नेश्वरी नगरपालिका–८ स्थित कोसी पम्प केनाल विषहरियाबाट सहरी स्वास्थ्य केन्द्र विषहरियामा, बोदे बर्साइन नगरपालिका–९ स्थित जनस्वास्थ्य चौकी देउरी स्वर्णपट्टिबाट महान् सहिद जन राष्ट्रिय प्राथमिक विद्यालय स्वर्णपट्टिमा, हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित गाविस भवन पोर्ताहाबाट कंकालिनी माध्यमिक विद्यालयमा, वडा नं ११ स्थित मस्जिद फूलबारी सखुवाटोल नजिकको चउरबाट सीताराम आधारभूत विद्यालयमा मतदानस्थल सार्ने सिफारिस भएको छ।

यसैगरी कञ्चनरूप नगरपालिका–३ पोखरी छेउको चौर गोरपारबाट राष्ट्रिय मावि वनरैतामा, छिन्नमस्ता गाउँपलिका–७ स्थित राष्ट्रिय प्रावि हाटीबाट वडा कार्यालय हाटीमा, तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित डिहवारस्थान चउर मधेपुराबाट राष्ट्रिय प्रावि मधेपुरामा मतदान स्थल सार्ने सिफारिस गरिएको छ। विष्णुपुर गाउँपालिका–१ स्थित आधारभूत विद्यालय परसाही स्वास्थ्य चौकीमा साविक मतदानस्थल कायम रहने गरी गाविस भवन जमुनी मधेपुराको मतदानस्थल सार्ने सिफारिस भएको छ।

मतदाता बढी भएको र ठाउँ सानो भएको १८ मतदानस्थल टुक्र्याएर पायक पर्ने अर्को थप्ने सिफारिस भएको निर्वाचन अधिकारी जोशीले बताए।

राजविराज नगरपालिका–६ बहिरा बालक स्कुललाई टुक्र्याएर खानेपानी संस्था खैरसाल, वडा नं १० स्थित राष्ट्रिय प्रावि दिघवालाई टुक्र्याएर नेपाल रेडक्रस प्रावि कमलपुर, वडा नं १२ स्थित गाविस भवन विषहरियालाई टुक्र्याएर राष्ट्रिय प्रावि दमावती थप गर्ने सिफारिस भएको छ। कञ्चनरूप नगरपालिका–३ स्थित राष्ट्रिय मावि वनरैत टोलको मतदानस्थललाई टुक्र्याएर शंकर मावि सुब्बाटोल, वडा नं ९ स्थित इलाका वन कार्यालय काष्ठमहललाई टुक्र्याएर राष्ट्रिय प्रावि रघुनाथपुर, वडा नं १० जनता आधारभूत विद्यालय बदगामालाई टुक्र्याएर राष्ट्रिय प्रावि डेढाहा थप गर्ने सिफारिस गरिएको छ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदहलाई टुक्र्याएर कोसी ब्यारेजमा मतदान केन्द्र टुक्रा पारी विपी स्मारक माविमा थप्ने, वडा नं ८ स्थित जोगनी राष्ट्रिय प्रावि जोगिनिया टुक्र्याएर राष्ट्रिय प्रावि बेल्हा थप गर्ने सिफारिस भएको छ।

छिन्नमस्ता गाउँपलिका–६ स्थित ब्रह्मस्थान चउर लालपट्टि खुदीबखारीलाई टुक्र्याएर कुपही मावि, तिरहुत गाउँपालिका–१ स्थित जनता राष्ट्रिय प्रावि धनपुरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि धनपुरी त्रिकोल, वडा नं ४ स्थित मावि डिमनलाई टुक्र्याएर बिर्ता टोल हनुमान मन्दिर थप गर्ने सिफारिस भएको छ।

तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित राष्ट्रिय देवकी आधारभूत विद्यालयलाई टुक्र्याएर सामुदायिक भवन रामजानकी मन्दिर मुखिया टोल, राजगढ गाउँपालिका–६ स्थित राष्ट्रिय प्रावि फकिरालाई टुक्र्याएर आधारभूत विद्यालय बरदाही, महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि पकरीलाई टुक्र्याएर राष्ट्रिय प्रावि बल्थी, वडा नं ६ स्थित गाविस भवन ढिकलीलाई टुक्र्याएर सामुदायिक भवन ढिकली थप गर्ने सिफारिस भएको छ।

रूपनी गाउँपालिका–२ स्थित राजाजी स्थान पिप्राही चौरलाई टुक्र्याएर जेसिज आधारभूत विद्यालय पौवा, बलान बिहुल गाउँपालिका–२ स्थित राष्ट्रिय प्रावि पथराहालाई टुक्र्याएर राप्रावि दिघिया, वडा नं ३ स्थित प्ररासु पशुपति विद्यालय टिकुलियालाई टुक्र्याएर पञ्चायत रजत जयन्ती राप्रावि दुधैला मतदानस्थल थप गर्ने सिफारिस भएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ स्थित वडा कार्यालय भवन हरिहरपुरलाई आधारभूत विद्यालय मटिगढीमा र कञ्चनरूप नगरपालिका–३ स्थित पोखरी छेउको चौर गोरपारलाई राष्ट्रिय मावि वनरैत टोलमा गाभ्ने निर्णय भएको छ। 

यसैगरी संघीय संरचनाअघिका पुराना नाम र त्रुटिपूर्ण ३३ वटा नाम सच्याउने निर्णय भएको छ। कञ्चनरूप नगरपालिका–८ स्थित गाविस भवन कञ्चनरूप, वडा नं १२ स्थित गाविस भवन रूपनगर, डाक्नेश्वरी नगरपालिका–७ स्थित गाविस भवन ब्रह्मपुर, वडा नं ८ स्थित गाविस भवन गम्हरिया प्रवाहाको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ।

तिरहुत गाउँपालिका–२ स्थित गाविस भवन मैनाकडेरी, वडा नं ५ स्थित गाविस भवन लोहजरा, तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित गाविस भवन मन्सापुर, बोदे बर्साइन नगरपालिका–१ स्थित गाविस भवन धनगढी, वडा नं ८ स्थित गाविस भवन काचन, वडा नं ९ स्थित गाविस भवन देउरी स्वर्णपट्टिको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ। 

वडा कार्यालय भवन भनेर सच्याइएको नाममा महादेवा गाउँपालिका–२ स्थित गाविस भवन चकला, वडा नं ४ स्थित गाविस भवन डाढा, वडा नं ६ स्थित गाविस भवन ढिकली, राजविराज नगरपालिका–१६ स्थित गाविस भवन बोरिया, बलान बिहुल गाउँपालिका–४ स्थित गाविस भवन बेल्ही पनि छ। 

यस्तै शम्भुनाथ नगरपालिका–१ स्थित गाविस भवन खोक्सर, वडा नं ६ स्थित गाविस भवन मोहनपुर, वडा नं १० स्थित गाविस भवन रामपुर जमुवा, सुरुङ्गा नगरपालिका–१ स्थित गाविस भवन पिप्रा पश्चिम, वडा नं ३ स्थित गाविस भवन लक्ष्मीपुर, वडा नं ४ स्थित गाविस भवन मधुपट्टि, वडा नं ५ स्थित गाविस भवन कुशहा, वडा नं ७ स्थित गाविस भवन हरिपुर, वडा नं ८ स्थित गाविस भवन मल्हन्माको नाम पनि वडा कार्यालय भवन भनेर सच्याइएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गाविस भवन भारदह, वडा नं ३ स्थित गाविस भवन पोर्ताहा, वडा नं ४ स्थित गाविस भवन मधवापुरको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ। यस्तै डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको नाम हरिराहा, वडा नं ५ स्थित कच उच्च मावि पातोको नामा कच मावि पातो, डाक्नेश्वरी नगरपालिका–१० स्थित फेकनी मावि बनौलाको नाम हिरा फेकनी मावि बनौला, महादेवा गाउँपालिका–४ स्थित उपस्वास्थ्य चौकी बलिया डाढा साविक गाविस भवनको नाम उपस्वास्थ्य चौकी बलिया डाढा, बोदे बर्साइन नगरपालिका–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय गौराहाको नामा राष्ट्रिय प्राथमिक विद्यालय गौरा हुनुपर्ने गरी सच्याइएको छ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दल, स्थलगत अवलोकन, निरीक्षण तथा स्थानीयवासीको सुझावका आधारमा मतदानस्थल थप्ने, सार्ने, गाभ्ने, सच्याउने गरी निर्वाचन आयोगलाई सिफारिस पठाइएको निर्वाचन अधिकारी जोशीले बताए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि