सप्तरी/अरुण कुमार यादव/श्रावण २४ गते । सप्तरीको सुरुङगा नगरपालिकामा बालअधिकार तथा संरक्षण कार्यबिधि सम्बन्धि आज तीन दिवसीय अभिमुखिकरण कार्यक्रम यहाँ सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा जिल्लाको सुरुङगा नगरपालिका १ स्थित पिपरा पश्चिममा आयोजित अभिमुखिकरण तालिममा ३० जनाको सहभागिता गराइएको थियो ।
नगरप्रमुख गीता चौधरीको प्रमुख अतिथियमा सम्पन्न भएको कार्यक्रममा ११ वटा वडाका वडा अध्यक्ष,वडा सचिव, नगरबाल संजालका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
बालअधिकार तथा संरक्षण कार्यबिधि सम्बन्धि अभिमुखिकरणको सहजिकरण भने सहजकर्ता संजीव महतोले गरेका थिए ।
समाजिक बिकास संयोजक देवेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख गीता चौधरी प्रमुख आतिथ्य , नगरबाल क्लब संजालका अध्यक्ष सुस्मिता राउत,वडा सचिव संतोष चौधरी लगायतका शुभकामना मतब्य ब्यक्त गरेका थिए ।
महिला बालबालिका जेष्ठ नागरिक शाखा रिन्कु कुमारी यादव , मुना समाल, भु पु नगर बाल सन्जाल बिशेन्द्र पासवान , सवल नेपालका फिल्ड अधिकृत खडक नारायण चौधरी , अनुगमन तथा मुल्यांकन अधिकृत चन्दन चौधरी, कार्यक्रम सुपरभाइजर सुरेखा चौधरी , अशोक कुमार साह , सामुदायिक परिचालक सुमित्रा राउत लगायतका उपस्थित रहेको थियो ।

















Discussion about this post