महोत्तरी/असार १७ गते। जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले प क्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन प क्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले प क्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ। तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।














Discussion about this post