राजविराज/असार १५ गते । धान बालिमा जेविक विविधता उपयोग आयात प्रतिस्थापनामा सहयोग मुलनाराका साथ १९ औ धान दिवसको अवसरमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ मंसापुर आज दही चिउरा र आँप खाँदै धान रोपेर रमाइलो गरि मनाएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा धान दिवस कार्यक्रम अन्र्तगत धान रोपेर धान दिवस मनाइएको हो ।स्थानिय कमलेश्वरी कृषक समुहका अध्यक्ष प्रमिलादेवी साहको अध्यक्षतामा आयोजित धान दिवस तथा रोपाई मोहत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सेभ द सप्तरीका अध्यक्ष धुव्र देव,सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक संतोष यादव, सेभ द चिल्ड्रेनको जिल्ला संयोजक खिलानाथ निरोला, कार्यक्रम संयोजक उमेश गुप्ता , इन्द्रबहादु हायु, देवकृष भगत, सेभ द चिल्ड्रनकै लेखाअधिकृत सुरेश यादव , सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारु, बिष्णुकान्त देव, र सेभ द सप्तरीकै कर्मचारीहरुमा बिदया मण्डल , मुकेश मण्डल फर्जना खातुन राजिव चौधरी, बिनिता यादव, भुपेन्द्र सदा रुपेश मण्डल लगायतका उपस्थित रहेको थियो ।

यस्तै छिन्नमस्ता गाउँपालिका वडा नं. ७ स्थित हाटिमा समेत धान दिवस मनाइएको छ । लक्ष्मी कृषक समुहका अध्यक्ष सितादेवी सदाको अध्यक्षतामा आयोजित धान दिवसको अवसरमा सामुहित रुपमा धान रोपेर मनाइएको छ ।

सेभ द सप्तरीका फिल्ड अधिकृत मिथिलेश यादव,सुपरभाइजर रामचन्द्र यादव, समुदायिक परिचालक चमपालाल शर्मा,बद्री मण्डल,रुभा मण्डल लगायतको उपस्थित रहेको कृषि प्रबिधिक राम कुमार साहले जानकारी दिए ।

















Discussion about this post