जलेश्वर/असार ५ गते । महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृ त्यु गएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृ त्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृ त्यु भएको प्रहरीले जनाएको छ। फ रार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ।














Discussion about this post