सिरहा/असार ५ गते । सिरहामा करेन्ट लागेर एक मजुदुको मृ त्यु भएको छ।
गोलबजार नपा ६ का मनोज कुमार सिंहको घर प्लाष्टर गर्न आज विहान बाँस ठड्याउने क्रममा विद्युतको नाङ्गो तारमा ठोकिंदा करेन्ट लागेर गोलबजार नपा १ का २६ वर्षिय गोपाल पूर्वेको मृ त्यु भएको हो।
करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याएपनि मृ त घोषणा गरेको प्रहरीले जनाएको छ।
श व पोष्टमार्टमको लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

















Discussion about this post