जेष्ठ १० गते। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो।
यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ।
विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ।
सार्वजनिक यातायातको भाडादर वृद्धि भएपछि अब काठमाडौँ देखि जनकपुरधामको भाडा १ हजार ७३, गौशाला महोत्तरीसम्मको भाडा १ हजार ३९, जलेश्वरसम्मको १ हजार ११५, मटिहानीसम्मको १ हजार १४४, मलंगवासम्मको ९७९ भएको हो । यस्तै जनकपुरधाम देखि काकडभिट्टाको भाडा ७६७ भएको हो ।

















Discussion about this post