जेष्ठ ६ गते । प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लु टेर फ रार भएका अभियुक्तलाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।
बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प क्राउ परेका उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका- २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लु टपाट भएको थियो ।





















Discussion about this post