सप्तरी/बैशाख ३० गते । सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कु टपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ ।
डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तो डफोड गर्दै मतदान अधिकृतलाई कु टपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
उनका अनुसार कु टपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।
२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तो डफोड र कर्मचारीमाथि कु टपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।
घट्नापछि मतदान स्थगित भएको छ । आज मतदान हुने सम्भावना कम रहेको निर्वाचन अधिकृत मगरले बताए ।

















Discussion about this post