सिरहा/बैशाख २९ गते। सिरहाको लहानमा एक जना महिलाको श व फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता सुवास बुढाथोकीका अनुसार सिरहाको लहान नगरपालिका वडा नं ३ नौडेगा चौरीको खुर्सानी बारीमा एक महिला मृ त अवस्थामा फेला परेका छन् ।
स्थायी घर लहान ३ रघुनाथपुर भएकी करिब ५५ वर्षिय महिला आफ्नो खेतबारी अर्थात् खुर्सानी बारीमा बिहान घरबाट ८ बजे काम गर्न गाएकी थिइन् ।
दिँउसो अबेला घर नफर्किएपछि निजका श्रीमान चौधरी महतो खोजी गर्न करिव १ बजे खेतबारीमा पुग्दा उनलाई मृ त अवस्थामा देखेपछि उनी स्थानियको सहयोगमा ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी गराई स्थलगत अनुगमन र मुचुल्का उठाई थप अनुसन्धानको लागि लहान अस्पताल लागिएको निजका छिमेकी ललित नारायन महतोले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।स्रोत-राजधानीपाटी

















Discussion about this post