महोत्तरी/बैशाख १८ गते । महोत्तरीबाट स्रोत नखुलेको रकमसहित एक जना युवक प क्राउ परेका छन् । प क्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका–१२ थरुवाहीका १९ वर्षीय सुजित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आइतबार जलेश्वर–३ मलिवारास्थित जलेश्वर भन्सारअगाडिको सडक हुँदै भारतबाट नेपालमा अबैध रूपमा नेपाली मुद्रा ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रहरी चौकी भिट्ठामोडअगाडि चेकजाँच गर्दा युवकलाई प क्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका युवकले बोकेको ब्यागबाट चार लाख रकम बरामद गरिएको प्रवक्ता विष्टले जानकारी दिए ।
बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post