एजेन्सी/मंसिर २२ गते । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर तमिल नाडूको कुन्नुर भन्ने स्थानमा दुर्घटनामा पर्दा १३ जनाको मृ त्यु भएको छ भने एक घाइते भएका छन् ।
सेना प्रमुख रावतको अवस्थाका बारे कुनै पनि जानकारी बाहिर आएको छैन । भारतीय वायु सेनाको उक्त हेलिकोप्टरमा सेनाका प्रमुख रावत, उनकी श्रीमती, सेनाका वरिष्ठ अधिकारी सहित १४ जना सवार रहेको बताइएको छ ।
घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ । सेना प्रमुख रावत कुनुरस्थित वायु सेना आधार स्थलतर्फ जाँदै गरेको बेला उक्त घटना भएको हो ।
भारतीय सेनाको वेबसाइटमा दुर्घटनाग्रस्त हेलिकोप्टरबाट आगोको मुस्लो देखिएको भिडियो सार्वजनिक गरिएको छ । मृ त्यु हुनेहरुको पहिचान डिएनए परीक्षणपछि सार्वजनिक गर्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।सेना प्रमुख रावत भारतीय स्थल, जल र वायु सेना समेतका प्रमुख हुन् ।














Discussion about this post