nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

युवतीको ठगी धन्दा : परपुरुषसँग यौन शोषण गर्दै, पैसा उठाउँदै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १, २०७८, ८:१८ मध्यान्ह
युवतीको ठगी धन्दा : परपुरुषसँग यौन शोषण गर्दै, पैसा उठाउँदै

काठमाडौं/कार्तिक १ गते । २७/२८ वर्षकी एक युवती । अनुहार र लवाइ–खवाइ हेर्दा कुनै घरानियाँ खानदानकी जस्ती । कुराकानी गर्ने शैली पनि आम मानिसको भन्दा फरक । जीवनशैली र बोली व्यवहार हेर्दा उनीसँग नजिक नहुने कमै होलान् ।

उनी अर्थात् दीपा थापा (नाम परिवर्तन) । सुनकोशी गाउँपालिका ओखलढुङ्गा माइती भएकी दीपा काठमाडौं बस्न थालेको करिब ५ वर्ष भयो । उनीसँग न कुनै काम छ, न व्यापार । कमाएर दिने अरु व्यक्ति पनि कोही छैनन् । तर, उनको रवाफ र जीवनशैली भने विलासितापूर्ण छ । उनको फ्ल्याटमा पुग्ने हो भने आधुनिक डिजाइनमा महङ्गा फर्निचरदेखि शौखमा पर्ने सबैजसो विलासी वस्तु भटिन्छन् ।

काठमाडौं बसाइको करिब ५ वर्षमा उनले करिब १८ पटकभन्दा बढी डेरा सारिन् । पटक–पटक डेरा सारिरहनुको कारणचाहिँ आफ्नो पहिचान लुकाउनु वा घरधनीले धपाउनु नै हो । यस्तो जीवनशैली भएको मान्छेलाई घरधनीले किन डेराबाट निकाल्छन् ? वा किन यी युवतीले आफ्नो पहिचान लुकाउन पटक–पटक डेरा सार्छिन् त ? कारण हो, उनको हनी ट्र्यापको व्यापार ।

दीपाको व्यापार वा व्यवसाय भन्नु नै हनी ट्रयाप हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौनसम्बन्ध स्थापित गर्छिन् । यौनसम्बन्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग ब्ल्याकमेल गरेर पैसा लिन्छिन् ।

समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो सम्बन्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने धम्कीसम्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बाध्य हुन्छन् । यौनलाई हतियार बनाएर यी युवतीले पुरुषलाई फसाउँछिन् र पैसा लिन्छिन् ।

केही–केही युवासँग त हनी ट्रयापमा पारेर पैसा लिएको मात्रै होइन, बलात्कारजस्तो जघन्य अपराधमा मुद्दा समेत दायर गरेकी छिन् उनले ।

यस्तो छ युवा फसाउने दीपाको काइदा

दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।

प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको सम्बन्ध सिन्धुलीकै एक ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको सम्बन्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भागिन् ।

प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वाम पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए ।

पछि अदालतबाटै सम्बन्धविच्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अदालतमा सम्बन्धविच्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।

दीपा र प्रकाशको सम्बन्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न दबाव दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै दबाव दिएको ठेकेदारका आफन्त बताउँछन् ।

विवाह पनि नगर्ने र पैसा पनि नदिने भए नातासम्बन्ध कायम गराउँछु र बलात्कारको मुद्दा लगाइदिन्छु भन्दै धम्काउन थालेपछि ती ठेकेदारको परिवारले दीपालाई ४५ लाख रुपैयाँ बुझाएको ठेकेदारका आफन्तले सुनाए ।

अर्काकी श्रीमती भनेर जान्दा जान्दै दीपासँग लहसिएका ती ठेकेदारले सुरुमै आफ्नो खेत बन्धकी राखेर २५ लाख रुपैयाँ सहकारीबाट निकालिदिएका थिए । पछि थप तनाव दिन थालेपछि उनले थप २० लाख रुपैयाँ दिएर केस त मिलाए, तर ठेकेदारको खेत भने लिलामीमै गयो ।

सहकारीका कर्मचारी पनि फसे

श्रीमानको सम्पत्ति लिएर घर छाडेकी दीपा ठेकेदारलाई हनी ट्रयापमा पारिसकेपछि अर्को स्त्रीलम्पट नयाँ पात्रको खोजीमा निस्किइन् । ती पात्र थिए, दीपाकै काकाका आफन्त । बौद्ध क्षेत्रमा सहकारीमा काम गर्ने ती युवालाई दीपा आफैंले फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाइन् । सुरु–सुरुमा सामान्य कुराकानी भयो । दीपाले ती युवालाई कहिले कफी खान त कहिले खाजा खान भन्दै बोलाउन थालिन् । अविवाहित ती युवकका लागि दीपाले असल केटी खोजिदिने भन्दै केही युवती पनि देखाइन् । तर, युवकले अरुलाई मन पराएनन् ।

पछि दीपा आफैंले युवकलाई यौन आशक्तिसँग जोडिएको म्यासेज पठाउन थालिन् र केही फरक पर्दैन, हामी सम्बन्धमा बसौं भन्न थालिन् । सुरुमा युवकले आपत्ति जनाए । तर, पनि दीपाले केही फरक पर्दैन, तपाईको विवाह भएपछि हामी छुटौँला भन्दै युवकसँग यौन सम्बन्ध स्थापित गर्न थालिन् ।

तर, त्यही यौन सम्बन्ध दीपाका लागि हनी ट्रयापको हतियार बन्यो र युवकको लागि पासो । दीपाले अब युवकसँग पैसा माग्न थालिन् । सुरुमा पैसा माग्दा सापटीकै रुपमा माग्ने र छोटो समयमा धेरै ब्याज आउने बताउन थालिन् । सुरु–सुरुमा लगेको पैसाको ब्याजसहित फिर्ता गर्न थालिन् । युवकले थप रकम दिँदै गए ।

युवक सहकारीमा काम गर्ने सामान्य व्यक्ति भएका कारण धेरै पैसा हुँदैनथ्यो । दीपालाई २ लाख रुपैयाँभन्दा बढी रकम दिइसकेका उनले रकम फिर्ता माग्न थाले । तर, जब उनले रकम फिर्ता माग्न थाले, त्यसपछि भने दीपाको व्यवहार परिवर्तन हुन थाल्यो । दीपाले आफ्नै फ्ल्याटमा बोलाएर मदिरा खुवाउन र त्यही समयमा युवकको नग्न फोटो तथा भिडियोहरु खिच्न थालिन् । अनि त्यही फोटो र भिडियो देखाउँदै ब्ल्याक मेल सुरु गरिन् ।

सुरुमा १५ लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ अन्त्यमा ८ लाख रुपैयाँमा मिल्यो । र, ८ लाख रुपैयाँ लिएर कुनै केश नगर्ने र पछि दुःख नदिने सहमति भयो । वकिल नै राखेर दुईवटा कागज गरियो । पहिलो कागजमा लेनदेन रहेको र त्यही वापत युवकले दीपालाई ८ लाख रुपैयाँ दिएको कागज गरियो । दोस्रो कागजमा चाहिँ आफूहरुबीच यौनसम्बन्ध रहेको आफूले गर्भपतनसमेत गराएको कारण क्षतिपूर्तिवापत ८ लाख रुपैयाँ लिएको कागज गरियो ।

युवक पनि बरु ८ लाख दिएर आफ्नो काम गर्ने सोचमा परे र ८ लाख रुपैयाँ दिए । तर, दीपालाई त्यो पैसाले पुगेन । दीपासँगै हनी ट्रयापको गिरोहमा संलग्न दुई पुरुष र एक महिलाले दीपालाई थप उचाले । बलात्कारको मुद्दा लगाइदिने धम्की दिँदै थप रकमको माग गर्न थाले । दीपा तथा गिरोहकै एक सदस्यले ती युवकलाई पठाएको म्यासेजमा पनि यी कुरा उल्लेख छन् ।

तर युवकले पहिले नै ८ लाख दिएर केस मिलाइसकेका कारण थप रकम दिन नसक्ने बताए । पछि दीपा र गिरोहका सदस्य मिलेर वौद्ध प्रहरीमा ती युवकविरुद्ध बलात्कारको मुद्दा नै दर्ता गराए । अहिले पनि यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

गर्भवती भएँ भन्दै धम्काउँदै

दीपासँग सम्बन्धमा रहेका ती युवकका अनुसार बलात्कार ती युवकले नभई दीपाले चाहिँ गरेकी थिइन् । उनले भने, ‘के गर्नु, नेपालको कानुनले महिलाले बलात्कार गर्न सक्दैन भन्छ । नत्र मलाई पहिलो दिन नै दीपाले जबरजस्ती गरेकी थिइन् ।’

युवकका अनुसार दीपा यौन सम्बन्धको समयमा कण्डम लगायतका अस्थायी साधनको प्रयोग गर्न पनि अनिच्छा देखाउँथिन् । आफूले तीन महिने सुई लगाएको भन्दै कण्डम प्रयोग गर्न नमान्ने र तपाईले अरु विषयको चिन्ता लिनु पर्दैन भन्थिन् ।

तर, जब धेरै पैसा लिइसकेकी हुन्थिन्, अनि गर्भवती भएँ भन्दै धम्काउन सुरु गर्थिन् । अनि नातामा बहिनी पर्ने गिरोहकै एक सदस्यमार्फत् पैसाको बार्गेनिङ सुरु गर्थिन् । ती युवकले सुनाए, ‘एकपटक उसकै बहिनीले दिदी गर्भवती हुनुभयो, केस मिलाउनुपर्यो भनेर लगातार म्यासेज गरिन् । पछि मैले आफंै किटबाट टेष्ट गराएँ । तर, रिपोर्ट नेगेटिभ आयो ।’

ती युवकका अनुसार दीपाले पटक–पटक यस्तो भन्दै पैसा माग्ने र पैसा नदिए परिवारका सदस्यलाई फोन र म्यासेज गर्ने अनि बलात्कारको केस गर्छु भन्दै धम्की दिने गरेको ती युवकले बताए । उनले भने, ‘मसँग ८ लाख रुपैयाँ पनि लिई र अन्तिममा बलात्कारजस्तो गम्भीर अपराधमा मुद्दा समेत दर्ता गराई । उसले बार्गेनिङ गरेको म्यासेज र कल रेकर्ड मसँग अझै छ । तर, पनि के गर्नु मै भागेर हिँड्नु परेको छ । त्यो महिलाले मेरो जीवन बर्वाद पारी । अझ मैमाथि धम्की आइरहेकै छ । मेरो व्यथा कसले बुझिदिने ?’

जन्मजात अपाङ्गलाई पनि छाडिनन्

दीपाको माइती नजिकैका नवराज जन्मजात पोलियो रोगबाट पीडित युवक हुन् । उनी वैशाखी टेकेर हिँड्ने गर्छन् । तर, दीपाले उनलाई समेत बाँकी राखिनन् ।

सुरुमा दीपाले नै नवराजलाई फेसबुकमा रिक्वेष्ट पठाइन् । सामान्य कुराकानी हुन थाल्यो । पछि दीपाले नवराजलाई प्रेम प्रस्ताव राखिन् । नवराजले आफू जन्मजात पोलियो रोगबाट ग्रसित व्यक्ति भएको र प्रेम वा विवाहको सम्बन्धमा कुनै सोच नभएको बताए ।

तर, दीपाले आफू डिभोर्स गरेर बसेकी महिला भएका कारण आफूलाई एकजनाको साथ चाहिएको र आफूले हेरविचार गरेर बस्ने भन्न थालिन् । नवराजसँग विवाह नै गर्ने आश्वासन दिन थालिन् । त्यसपछि नवराज र दीपाबीच माया–प्रेमको कुरा पनि हुन थाल्यो । अनि दीपाले नवराजलाई यौन आशक्तिको म्यासेज पठाउँदै कोठामा बोलाउन थालिन् । तर, नवराजले विवाहपूर्व त्यसबारे केही नसोचेको जवाफ दिए र दीपाको कोठामा गएनन् ।

यहीबीचमा दीपाले नवराजसँग पनि पैसा माग्न थालिन् । पहिलोपटक भक्तपुरमा रहेको जग्गा बेचेर अर्को जग्गा किन्न लागेको र केही रकम नपुगेको भन्दै नवराजसँग पैसा मागिन् । तर, आफूसँग धेरै पैसा नभएको भन्दै नवराजले पहिलोपटक ७० हजार रुपैयाँ दिए । त्यसपछि पनि पटक–पटक गरी नवराजले दीपालाई २ लाख २१ हजार रुपैयाँ दिए ।

यता दीपाले विवाहका लागि दिएको समय नजिक आउन थाल्यो । तर, दीपा नवराजसँग विवाह गर्ने सोचमा थिइनन् । बरु पछि ‘तँसँग विवाह गर्दिनँ भन्ने तँलाई थाहा थियो त’ भन्दै तर्किन थालिन् ।

नवराजले आफूले दिएको पैसा फिर्ता माग्न थाले । तर, कहिले के, कहिले के भनेर तर्किन थालिन् । नवराज भन्छन्, ‘खासमा त्यो महिलाको योजना मलाई कोठामा बोलाएर बलात्कारको आरोप लगाउने रहेछ, तर म उसको कोठामा गइनँ, त्यसपछि उपाय नभएर पैसा दिन्छु भनेकी छे । तर, दिन्छु मात्रै भन्छे, दिनचाहिँ दिन्न ।’

दीपाले फसाएका व्यक्ति यी तीन जनामात्रै होइनन्, त्यसपछि पनि सहकारीमै काम गर्ने मगर थरका व्यक्ति, राजनीतिक नेतृत्वसँग नजिक भएका पाण्डे थरका व्यक्ति, राना थरका नेपाल प्रहरीका सई, उदयपुरका गौतम थरका व्यक्ति, उदयपुरकै भट्टराई थरका व्यक्ति र गाउँ नजिकैका गिरी थरका व्यक्तिसमेत रहेका छन् ।

८ वटा फेसबुक

दीपाले प्रशंशा थापासमेत गरी विभिन्न नाममा ८ वटा फेसबुक चलाएको पाइएको छ । कुनै एक फेसबुकको प्रयोग गरेर ठगी गरिसकेपछि उक्त फेसबुक नचलाउने र प्रत्येक पटक नयाँ–नयाँ फेसबुक चलाउने गरेको एक पीडितले बताए ।

ती पीडितले भने, ‘सुरुमा मलाई प्रशसा थापाका नामबाट फे्रण्ड रिक्वेष्ट आएको थियो । पछि त्योबाट छाडेर अन्य नामबाट कुराकानी हुन थाल्यो । मलाई थाहा थिएन, किन फरक–फरक नामबाट फेसबुक चलाएको भनेर । पछि बुझ्दै जाँदा पेसा नै यही रहेछ भन्ने थाहा भयो ।’

समाचार रोक्न पीडितलाई धम्की

६ जना पीडितले आफू कसरी ठगिएँ भनेर सम्पर्क गरेपछि संचारकर्मीले हनी ट्रयापमा संलग्न दीपालाई सम्पर्क गरेको थियो । सुरुमा आफू नै पीडित भएको र भेटेरै सबै कुरा भन्छु भनेकी दीपा त्यसपछि भने संचारकर्मीको सम्पर्कबाट बाहिरिइन् । बरु पीडितहरुलाई थप धम्की दिँदै आफ्नो बारेमा समाचार आए अन्य मानिस पनि तानिने बताएकी छिन् ।

आफ्नो बारेमा समाचार आए बाँकी सबैलाई बलात्कारको केस गर्छु भन्दै धम्काएकी एक पीडितले बताए ।

रातोपाटी बाट

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!