nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २, २०८३, ९:१३ मध्यान्ह
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

काठमाडौं/असोज २ गते। विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ ।

समारोहमा अन्तिम स्पर्धाका लागि २२ जना महिला छनोट भएका छन् । देशका विभिन्न भागमा गरिएको अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका उनीहरूलाई सो समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त र सफल व्यक्तित्वहरुबाट ट्याग नम्बर र स्यास प्रदान गरिएको छ ।

राजधानीको थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा अन्तिम स्पर्धाका लागि छनोट भएका महिलाहरूले आफ्नो परिचय दिएका थिए । समारोहसँगै उनीहरूलाई प्रतियोगिताको औपचारिक प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन् ।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता छ । झाका अनुसार गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम स्पर्धाका लागि छनोट भएका छन् ।

आयोजक शिला बास्तोलाले प्रतियोगिताले विभिन्न पेसामा सक्रिय तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर दिने बताइन् ।

मिसेस नेपाल वल्र्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ । प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोको विजेतासमेत चयन गरिने आयोजकले जनाएका छन् । यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

रिवन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियोगिताको नयाँ संस्करणमा छनोट भएका २२ प्रतिस्पर्धीले अब ग्रान्ड फिनालेका लागि विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुनेछन् ।

निशा बराइलीको सह–कोरियोग्राफीमा हुने यस प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई सन्दीप भुजेलले नृत्य प्रशिक्षण दिनेछन् । गंगा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा करिब ४५ दिनसम्म चल्ने विभिन्न प्रशिक्षण सत्रपछि प्रतिस्पर्धीहरू अन्तिम उपाधिका लागि भिड्नेछन् ।

Tags: समाचार

Discussion about this post

Related Posts

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

सरुवाको ‘खटनपटन’ ले खतरामा मधेश सरकार, समर्थन फिर्ता लिने एमालेको चेतावनी

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

भारतमा रहेको त्यो विशाल पर्खाल, जसले आज पनि इतिहास बोल्छ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि