nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०८३, ७:४० मध्यान्ह
जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

गिरिजानन्द साह/जनकपुरधाम/असोज १ गते। जनकपुरधामस्थित व्याहुत कलवार सेवा समितिले कलवार समुदायका कुलदेवता भगवान बलभद्रको जयन्ती यस वर्ष पनि भव्यताका साथ मनाएको छ। प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिमा मनाइने बलभद्र जयन्तीका अवसरमा जनकपुरधाममा धार्मिक उत्साहसँगै सामुदायिक एकताको वातावरण देखिएको थियो।

जयन्तीको अवसरमा बिहानैदेखि कलवार समुदायका महिला, पुरुष, युवा तथा वृद्धवृद्धाको उल्लेख्य भीड कलवार कुट्टीस्थित मन्दिर परिसरमा जम्मा भएको थियो। भक्तजनहरूले भगवान बलभद्रको विशेष पूजा–आराधना गर्दै विभिन्न धार्मिक विधि सम्पन्न गरेका थिए। पूजा सम्पन्न भएपछि दिवाभोज तथा प्रसाद वितरणसमेत गरिएको थियो।

व्याहुत कलवार सेवा समिति जनकपुरधामका अध्यक्ष श्याम साहका अनुसार बलभद्र जयन्तीको अवसरमा समितिले सप्ताहव्यापी विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मानव सेवा आश्रममा भोजन दान, रक्तदान, दौड प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, सरसफाइ तथा वृक्षरोपण लगायतका कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएका दौड प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगितालगायतमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीलाई मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

जयन्तीको मुख्य आकर्षणका रूपमा सयौँ भक्तजनको सहभागितामा भव्य शोभायात्रासमेत निकालिएको थियो। कलवार कुट्टीबाट सुरु भएको शोभायात्राले जनकपुरधामको मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो। बाजागाजा, धार्मिक नारासहित भक्तजनहरूको उत्साहपूर्ण सहभागिताले शोभायात्रालाई थप आकर्षक बनाएको थियो। शोभायात्रा पुनः कलवार कुट्टीमा पुगेर समापन भएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय नरेन्द्र प्रसाद साह र नरेन्द्र गुप्ता, मधेस प्रदेश सभाका सभामुख रामआशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह, पूर्वमेयर लालकिशोर साहलगायत विभिन्न राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। त्यस्तै पत्रकार, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा स्वजातीय समुदायका अगुवाहरूको समेत उल्लेख्य उपस्थिति थियो।

समितिले बलभद्र जयन्तीको अवसरमा सामाजिक सेवाका कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ। समितिका अनुसार शुक्रबार वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिनेछ।

धार्मिक मान्यताअनुसार भगवान कृष्णका दाजु बलरामलाई बलभद्रका रूपमा चिनिन्छ। बलभद्रलाई शक्ति र अन्नको प्रतीकका रूपमा समेत मान्ने गरिएको छ। बलभद्र भगवानलाई विशेषगरी भात, विशेष किसिमको दाल तथा पाँच थरी तरकारीको भोग लगाउने प्रचलन रहेको छ। पूजा सम्पन्न भएपछि उक्त भोगलाई कलवार समुदायका भक्तजनहरूले प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

जनकपुरधाममा मनाइएको बलभद्र जयन्तीले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सेवा, आपसी सद्भाव र सामुदायिक एकताको सन्देशसमेत दिएको सहभागीहरूले बताएका छन्।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि