जनकपुरधाम । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जनकपुर शाखाको आयोजनामा सञ्चालन गरिएको ‘सर्फ बनाउने तालिम’ सम्पन्न भएको छ।
भदौ २६ गते शुक्रबार आयोजना गरिएको उक्त तालिममा सहभागीहरूलाई सर्फ बनाउने विधि, आवश्यक सामग्री तथा यसको प्रयोग र सम्भावित व्यावसायिक उपयोगबारे जानकारी तथा सीप प्रदान गरिएको जनकपुर शाखाका कार्यालय प्रमुख दिनेश राजबंशीले बताएका छन।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जनकपुर, धनुषाले आयोजना गरेको तालिमको उद्देश्य सहभागीहरूलाई सर्फ उत्पादनसम्बन्धी व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बन्न सहयोग गर्नु रहेको जनकपुर शाखाका कार्यालय प्रमुख दिनेश राजबंशीले बताएका छ्न। उनका अनुसार तालिममा जनकपुरधा विभिन्न स्थानबाट ३१ जना सहभागी रहेको थियो।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्य तथा समुदायमा वित्तीय पहुँचसँगै सीप विकास र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न प्रकारका तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाको जनकपुर शाखाको आयोजनामा सम्पन्न सर्फ बनाउने तालिमले सहभागीहरूलाई व्यावसायिक तथा स्वरोजगारतर्फ प्रेरित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
तालिममा सहभागीहरूले सर्फ उत्पादनसम्बन्धी व्यावहारिक जानकारी प्राप्त गरेपछि आफ्नै घर वा स्थानीय स्तरबाट उत्पादन सुरु गरी आम्दानीको स्रोत बनाउन सकिने बताएका छन्। यस्ता सीपमूलक तालिमले स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो।संस्थाको जनकपुर शाखाले स्थानीय समुदायलाई लक्षित गर्दै वित्तीय तथा सीपमूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।















Discussion about this post