nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २६, २०८३, ११:१० मध्यान्ह
कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

जनकपुरधाम/भदौ २६ गते । जनकपुरधामको रेलवे स्टेशनमा आयोजित कृष्ण जन्माष्टमी पूजा सकेर मूर्ति विसर्जन गर्ने क्रममा भएका घटनालाई लिएर विवाद उत्पन्न भएको छ। पूजा समितिका अध्यक्ष शत्रुधन साहको कार्यशैलीको विरोध गर्दा समितिका पदाधिकारी तथा सदस्यहरूविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै समितिले आपत्ति जनाएको छ।

समितिले शुक्रवार एक पत्रकार सम्मेलनमार्फत समितिका अध्यक्ष शत्रुधन साहको गैरजिम्मेवार कार्यको विरोध गर्दा समितिका सहसचिव तथा सदस्य सहित तीनजनालाई कानुनी कारबाहीको सिफारिस गरी हिरासतमा राखिएको आरोप लगाएको हो ।

समितिका अनुसार जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा रातिको समयमा अध्यक्षले गरेको मनमानीविरुद्ध समितिका केही सदस्य तथा पदाधिकारीले सामाजिक सञ्जालमा उनीविरुद्ध केही कुरा लेख्दा साइबर क्राइमको गराएको मुद्दाले तिनीहरुलाई पक्राउ गरिएको हो ।

समितिका अनुसार घटनापछि विवाद समाधानका लागि बैठक बसेको थियो। पूजा समितिका उपाध्यक्ष मोनु गुप्ताको अध्यक्षतामा बहुमत सदस्यहरूको उपस्थितिमा बसेको बैठकले तीनवटा निर्णय गरेको समितिले जनाएको छ।

बैठकले अध्यक्ष शत्रुधन साहले गरेको कार्यप्रति आपत्ति जनाउँदै उनलाई कारबाही गर्ने निर्णय गरेको समितिको भनाइ छ।

समितिको ब्यानरमा आयोजक संस्था स्टेशन एरिया युवा कमिटीको नामलाई बेवास्ता गरी अध्यक्ष साहले आफ्नो नाम प्रयोग गरेको र त्यसलाई राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको समितिको आरोप छ।

पटक–पटक यस्तो कार्य नगर्न आग्रह गर्दा समेत अध्यक्ष साहले आफूहरूको कुरा बेवास्ता गरेको र त्यसको विरोध गर्दा समितिका साथीहरूविरुद्ध मुद्दा लगाएर हिरासतमा बस्न बाध्य बनाइएको समितिले आरोप लगाएको छ।

पूजा समितिले अध्यक्ष शत्रुधन साहलाई आगामी दिनमा समितिको कुनै पनि गतिविधिमा जिम्मेवारी नदिने निर्णय गरेको जनाएको छ। साथै, उनीविरुद्ध तत्काल कानुनी प्रक्रिया अघि बढाउनेसमेत समितिले बताएको छ।

यस्तै, कार्यसमितिका सम्पूर्ण साथीहरू रिहा नभएसम्म पूजा समितिको कुनै पनि हिसाब–किताब सार्वजनिक नगर्ने समितिले जनाएको छ। हिसाब–किताबमा समेत विभिन्न विषय लुकाइएको हुनसक्ने आशंका रहेको समितिको दाबी छ। साथै अध्यक्ष साहले राजनीतिक लाभ लिने गरी पूजाको प्रचार प्रसारको ब्यानरमा नाम सहितको फोटो र चन्दा ठेलीको रसिदमा आफ्नो नाम राखेको आरोप उनीहरुको थियो ।

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

गाजा नरसंहारमा इजरायलले प्रयोग गरेका ‘गोप्य प्रणाली’हरू चलचित्रबाट खुलासा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि